पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४२४ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ३४ र एन्टिजेन परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ । 
 
सो अवधिमा ६८ जनाका संक्रमणमुक्त भएका छन् ।
 
नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा ३२ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । 

Logo