नेपालमा एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, संक्रमित पनि बढे

नेपालमा एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, संक्रमित पनि बढे


नेपालमा कोरोना भाइरस संक्रमणबाट आज एकैदिन थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा ज्यान गुमाउनेमा १२ हजार २५ जना पुगेका छन् । केही दिनदेखि नेपालमा संक्रमणसँगै ज्यान गुमाउने संख्या बढ्दो छ । 

पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार २९२ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएका हुन् । साथै ८५ जनाका संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ ।

Logo