आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना आईसीयूमा

आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना आईसीयूमा


पछिल्लो २४ घण्टामा देशभर थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दुई हजार ४५० नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ५५ जनामा र एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३८६ रहेको छ । 

साथै पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैकाे मृत्युकाे खवर छैन ।  

काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २१ जना, आईसीयूमा ७ जना र तीनजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Logo