अहिलेको कोरोनासंग डराउनु पर्दैन : डाक्टर शेरबहादुर पुन

अहिलेको कोरोनासंग डराउनु पर्दैन : डाक्टर शेरबहादुर पुन

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीले सताएका नेपाली जनता अहिले बढ्न थालेको संक्रमण दरबाट त्रसित छन्। कतै पुरानै रुप लिने त होइन भन्ने भयले उनीहरुलाई सताउन थालेको छ ।

तर चिकित्सकहरु भन्छन्: अहिलेको कोरोनासंग डराउनु पर्दैन । पछिल्लो केही समयदेखि प्रत्येक दिन सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। त्यसमाथि कोरोनाबाट हरेक दिन जसो एक जनाको मृत्यु पनि हुने  गरेको छ।

यो तथ्यांकबीच छिमेकी मुलुकमा भारतमा पनि कोरोना संक्रमितको दर हरेक दिन बढ्दो छ।जस्को कारण पनि नेपाली नागरिकले भयभित बन्नु पर्ने अवस्था देखिएको हो ।

तर, सरुवा रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुन भने अहिलेको कोरोनासंग डराउनु पर्ने अवस्था नरहेको बताउछन्।  डाक्टर पुनले पछिल्लो पटक नेपालमा देखिएका कोरोना भाइरस ओमिक्रोन भेरिएन्ट भएको बताए ।

जसमध्ये अलि चर्चामा आएको एक्सबीबी, यड्ट वान र सिक्स्टिन हाे, जस्ले पछिल्लो समयमा संक्रमण फैल्याउन भुमिका खेलेका छन्। पहिला जस्मा ओमिक्रोन असर गरेको थियो विशेषत उनैलाई यो भारइसले सताएको उनको निष्कर्ष छ । जसमा जेष्ठ नागरिक र दिर्घरोगीहरु बढी छन्। 

लहर अनुसार कोरोनाको भाइरस फरक देखिए 
डाक्टर पुनका अनुसार कारोना भाइरस लहर अनुसार फरक पाएको बताउँछन् ।  जस्ताे, पहिलोमा बूढाबूढी दीर्घरोगी, दोस्रोमा युवा निरोगी र तेस्रोमा आएर पुनः  बूढाबूढी दीर्घरोगी रहेका छन् । तेस्रो भेरियन्टमा विभिन्न उपप्रजातिहरु घुमिरहेको देख्छौँ ।

ओमिक्रोन पछिको नयाँ भेरियन्ट आएको छैन तर त्यही भेरियन्ट भित्रको जति पनि हांगाविगाहरु छन, त्यही घुमिरहेका छन्। त्यो न्युटेसन भएर जिनमा परिवर्तन भएर तथा एक आपसमा भाईरसहरु मिसिएर नयाँ भाईरसहरु बन्ने क्रम जारी छ। अहिले यही भाइरसले दीर्घरोगीदेखि झण्डै ७० प्रतिशत भन्दा बढी जेष्ठ नागरिकहरुलाई आफ्नो प्रभावमा लपेटेको छ। 
अहिलेको कोरोनाबाट डराउनु पर्दैन । 

अहिलेको कोरोनाबाट डराउन पर्ने अवस्था छैन । किनभने यदि हामीले सर्तकता अपनाउने हो भने त्यो अवस्थामा पुग्नै पर्दैन। अहिले कोरोना भारतबाट सरेर आएको भन्ने अनुमान गरेका छौँ।

नेपालमा ३,४ महिना अगाडि पनि १७ वटा भेरियन्टहरु घुमिरहेको अवस्था थियो। तेस्रो मुलुकबाट पनि कोरोना नआउला भन्न सकिन्न । तर, अहिले भारतमा भेटिएका संक्रमितसंग नेपालमा पुष्टि भएका संक्रमितमा देखिएको लक्षण र प्रभाव उस्तै छ । 

अब डरलाग्दो अवस्था आउने सम्भावना देखिदैन् :
तुलनात्मक रुपमा अहिले देखिएको भाइरस डरलाग्दो छैन । पहिलाको जस्तो डर लाग्दो अवस्था चाहीँ हुने सम्भावना अहिले तत्काल देखिदैन् ।

पहिलेको कोरोनाको भन्दा अहिलेको कोरोनाको थप लक्षणहरु देखिएको छ । बिरामीहरुसंग कुराकानी गर्दा उनीहरुमा थप लक्षण देखिएको पाइयो । पहिला घाँटी दुख्ने, नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, टाउको दुख्ने, जिउ दुख्ने र स्वाद थाहा नपाउने आदि थियो ।

तर अहिले आँखा रातो हुने समस्या पनि थपिएको छ । साबुन पानीले नियमित हात धुने , माक्स लगाउने र राम्रोसंग पकाएको खाना खाए अहिलेको भाइरसले असर नपार्ने पनि डाक्टर पुनको सुझाव छ । 

Logo