पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा देशभर थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०३ नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १३७ रहेको छ । 
 
साथै पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २४ जना र आईसीयूमा १२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Logo