काठमाडौं उपत्यकामा आज २१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज २१८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २१८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख हजार २३२, भक्तपुरमा ९ हजार १३८ र ललितपुरका १५ हजार ८०९ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २५ हजार १७९ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ जना पुगेको छ । आज ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४४१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९६९पुगेको छ।

नेपालमा हालसम्म २० लाख २१ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ९५६ जनाको परीक्षण गरिएको छ।

Logo