नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवार देशभर ८५४ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । साथै आज १४ जना नै संक्रमणमुक्त भएका छन्।
हाल सक्रिय संक्रमित ५३ जना रहेका छन् ।
नेपालमा कोरोना सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमण घटेको पाइएको हो । तर, जोखिम भने अझै रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित: १० जेठ २०८० १६:१९ बुधबार