नेपालमा पहिलोपटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छन् ।
केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनमा मंकीपक्स भाइरसवाट हुने ‘एमपक्स’ पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।
मन्त्रालयका अनुसार ६० वर्षीया एक जना महिलामा मकीपक्स पुष्टि भएको हो ।
मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उक्त विदेशी महिलामा ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिएपछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन् । उनी माथी देखा परेको लक्षण अनुसार संकलन गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो ।
मकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत बर्ष यसले महामारीकाे रूप लिएकाे थियाे । याे राेग मानिस देखी मानिससम्म वा जनावरवाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा बिफर उन्रमुलन भए लगतै याे नयाँ राेगका रूपमा देखा परेकाे थियाे ।
प्रतिक्रिया