‘स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु’ : मन्त्री ढकाल

‘स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु’ : मन्त्री ढकाल


काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताएका छन् । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा सोमबार मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताएका हुन्।

मन्त्री ढकालले हाल मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताउँदै नमूना बनाएर सबैले असल मनसायले काम गर्नुपर्ने बताए । उनले भने, “स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड–१९ ले केही असहजता सिर्जना गरेको भए पनि मैले स्वास्थ्य मन्त्रालय नमूना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्नेछु ।”

मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै सङ्घसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने बताए । मन्त्री ढकालले भने, “परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन्, बाहिर पनि छन् तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभूति दिलाउने गरी काम गर्छु ।”

उनले पीसीआरको दायरा नघटाइएको भन्दै अहिले २५ ल्याबबाट दैनिक १० हजारको नमूना परीक्षण गर्न सक्ने गरी क्षमतावृद्धि गरिएको बताए ।

Logo