१० प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने स्वास्थ्य संस्था कारवाहीमा पर्छन् -मन्त्री बस्नेत

१० प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने स्वास्थ्य संस्था कारवाहीमा पर्छन् -मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार गर्ने गराउने व्यवस्थालाई विस्तारै तीनै तहका सरकारसँंग समन्वयन गरेर व्यवस्थित पार्दै लैजाने बताएका छन् । 

सोमबार मन्त्रालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री बस्नेतले दश प्रतिशत नागरिकहरुको निःशुल्क स्वास्थ्याेपचार गर्न देशभरिकै अस्पताललाई निर्देशनसहित कानूनको दायरामा ल्याएको बताए । उक्त व्यवस्थाअनुसार काम नगरेको वा कार्यान्वयन नगरेको पाइए सूचना उपलब्ध गराउन पनि उनले आग्रह गरे । 

विभिन्न अस्पतालले उपकरण खरिद गर्ने क्रममा भएका भ्रष्टाचार चाहिने भन्दा भेरै उपकरण किनेर प्रयोगमा नल्याउने जस्ता वेथितिको विरुद्ध मन्त्रालयले अनुगमन तथा निगरानी बढाएको र पत्रसमेत काट्दै आएको उनले भनाइ छ ।

Logo