लमजुङमा आँखा पाक्ने रोगबाट २ हजार ७३३ जना संक्रमित

लमजुङमा आँखा पाक्ने रोगबाट २ हजार ७३३ जना संक्रमित


विगत केही दिनयता लमजुङमा पनि आँखा पाक्ने रोग तिब्र रुपमा फैलिएको छ। जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबारसम्म सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९१२, मध्यनेपाल नगरपालिकामा ४५७, राइनास नगरपालिकामा ४०८ बेसीशहर नगरपालिकामा २५०, मर्स्याङ्दी गाउँपालिकामा ५३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा संक्रमण फेला परेका छ।

जनस्वास्थ्य कार्यलय लमजुङका जनस्वाथ्य निरीक्षक दिपक बम्जनका अनुसार आँखा पाक्ने रोगले बृद्धबृद्धा देखि बालबालिका सम्मलाई प्रभावित बनाएको छ। कुन उमेरका कति संक्रमति भनेर तत्थ्याङक नभएपनि विषेशगरी बालकालिका धेरै प्रभावित भएका छन्।

विद्यालयमा रहँदा समूहमा बस्ने हुँदा बालबालिकामा धेरै संक्रमण भएको बताइएको छ।अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछी लमजुङका केहि विद्यालय बन्द गरिएको छ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ। त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ। भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चारदेखि १२ दिन लाग्छ।

यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैं औषधि लगाउनुभन्दा पनि विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाई छ। संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक-पटक हात धुने गर्न चिकित्सकको सुझाव छ।

Logo