भरतपुर अस्पतालमा ४०० शय्या निःशुल्क

भरतपुर अस्पतालमा ४०० शय्या निःशुल्क

केन्द्रबिन्दु
0
Shares

भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका ४०० जनरल बेड निःशुल्क गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।

अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए। उनले क्रिटिकल केयर (आईसीयू, सीसीयू, पीआईसीयू, एनआईसीयू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडीयु, स्पाइन, कार्डियाक, न्यूरोसर्जरी र अर्थोपेडिक वार्डमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको बताए।

अस्पतालमा हाल ६०० शैय्या सञ्चालनमा छन्। अस्पतालमा ओपीडी (बहिरङ्ग) सेवाको टिकट पनि निःशुल्क छ। भरतपुर अस्पतालमा देशभरबाट उपचारका लागि बिरामी आउने गर्दछन्। अस्पतालमा पछिल्लो समय दैनिक एक हजार ५०० देखि दुई हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए।

Logo