देशभर आँखा उपचारको सेवा प्रभावकारी बनाउन आवश्यक छः मन्त्री बस्नेत

देशभर आँखा उपचारको सेवा प्रभावकारी बनाउन आवश्यक छः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ७७ जिल्लामा नै आँखा उपचारको सेवा प्रभावकारीरुपले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।  

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक अन्य ठाउँमा आँखाको सेवा कमजोर देखिएको बताएका हुन् । उनले अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउन आवश्यक रहेको पनि बताए । 

उनले भने,‘७७ जिल्लामा आँखा उपचारको कुरा हेर्दा संघीय र प्रदेशका राजधानी र केहि विकसित शहरहरुमा बाहेक कमजोर देखिएको छ । यसलाई अत्यन्तै प्रभावकारी ढङ्गबाट सेवा अगाडि बढाउँन आवश्यक छ ।’

मन्त्री बस्नेतले कर्णाली प्रदेशमा आँखा उपचारको सेवा विस्तार गर्ने कुरामा आईपर्ने अप्ठ्यारोमा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कर्णालीमा गरिने उक्त सेवाले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । 

Logo