बच्चालाई सन्तुलित आहार दिने टिप्स के-के छन् ?

बच्चालाई सन्तुलित आहार दिने टिप्स के-के छन् ?


बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गार्‍हो हुन्छ। यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ। खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन,जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ। बच्चालाई सन्तुलित आहारमा समेत हामिले ध्यान दिनुपर्छ।

प्रोटीन : बढ्ने उमेरका बच्चालाई प्रोटीन जरुरी हुन्छ। बच्चाको मांसपेशीको सही विकास र हड्डीको मजबुतीका लागि प्रोटीन आवश्यक हुन्छ। यसका लागि बच्चालाई पनीरयुक्त खाद्यपदार्थ, अण्डा, मासु, माछा आदि दिनुपर्छ।

भिटामिन र मिनरल्स : बच्चाको सम्पूर्ण विकासका लागि भिटामिन र मिनरल्स भरपूर दिनुपर्छ। क्याल्सियम भरपूर मात्रामा पाइने पौष्टिक पदार्थ दिनुपर्छ। भिटामिन र आइरनका लागि बच्चालाई हरियो सागसब्जी खुवाउनुपर्छ।

फल : फलमा भिटामिन, आइरन र अन्य पौष्टिकत्व पाइन्छ। बच्चालाई बढीभन्दा बढी फल, जुस र मौसमी फल दिनुपर्छ। बच्चालाई अंगुर, स्याउ, सुन्तला जस्ता फलको सलाद काटेर खुवाउन सकिन्छ।

पानी र फाइबर : बच्चाको स्वास्थ्यका लागि पानीको महत्व निकै छ। यसैले पानी बढी पिउन दिनुपर्छ र सूपजस्ता तरल पदार्थको सेवन गराउनुपर्छ। यसका साथै बच्चालाई फाइबरयुक्त खाद्यपदार्थ दिनुपर्छ।

क्यालोरी : ५ वर्षमाथिका बच्चाहरुका लागि खानामा पूर्ण क्यालारी आवश्यक पर्छ। जुन बच्चा बढी सक्रिय रहन्छन्, तिनीहरुलाई बढी क्यालोरी चाहिन्छ। हाइ क्यालोरीको अर्थ भुटे, तारेको खाना नभई दूध र अनाजयुक्त खाद्यपदार्थ दिनुपर्छ।

बच्चालाई सन्तुलित आहार दिने टिप्स

१. बच्चालाई सन्तुलित आहारा दिनु जरुरी हुन्छ। हरेक दिन ५ अलग अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ।

२.  बच्चालाई खुवाउन बल प्रयोग नगर्नुस्, मायाले सम्झाएर खुवाउनुस्।

३ .  बच्चाको खाना कलरफुल बनाउन सलाद, काचो फल र तरकारी काटेर दिनुहोस्, जुन उनीहरुलाई आकर्षक लागोस्।

४.  बच्चालाई खेल्ने स्वीकृति दिनुहोस्, जसबाट उनीहरुलाई बढी भोक लागोस्। बढी खाओस्।

५. जंकफुडभन्दा पौष्टिक खाना खुवाउने बानी गर्नुस्।

Logo