मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना

मेडिसिटी अस्पतालमा एमआरसिपी युके पेसेस पूर्वअभ्यास परीक्षाको आयोजना


नेपाल मेडिसिटी अस्पताल एमआरसिपी युके पेसेस (MRCP UK PACES) पूर्व अभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

नेपाल मेडिसिटी अस्पताल र रोयल कलेज अफ फिजिसियन्स, युके रोयल कलेज अफ फिजिशियन्स, युनाइटेड किंगडम  (Royal College of Physicians, United Kingdom) सँगको सहकार्यमा एमआसिपी युके प्राक्टिल एसेसमेन्ट अफ क्लिनिकल एक्जामिनेशन स्किल्स पेसेस (MRCP UK Practical Assessment of Clinical Skills PACES)को पूर्वअभ्यास परीक्षा आयोजना गर्ने नेपालको पहिलो अस्पताल बनेको छ ।

सेप्टेम्बर ७ र ८ तारिख भएको परीक्षामा नेपालभरबाट २४ डाक्टरहरुले सहभागिता जनाएको अस्पतालले जनाएको छ । एमआरसिपी युके पेसेस (MRCP UK PACES) परीक्षा क्लिनिकल विशेषज्ञतालाई थप निखार ल्याउन र सीप परीक्षण गर्न डिजाईन गरिएको हो ।

फेडेरेशन अफ द रोयल कलेज अफ फिजिसिएन्स, युके (Federation of the Royal College of Physicians, UK) ले तोकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षाको पूर्वअभ्यास सञ्चालन गरिएको मेडिसिटी अस्पतालले जनाएको छ । अस्पतालकाअनुसार त्यहाँ पाँच स्टेशनहरु थिए, जसको माध्यमबाट परिक्षार्थीहरुलाई उनीहरुको ज्ञान, क्लिनिकल सीप, बिरामीहरुको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्यांकन गरिएको थियो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीमा रोयल कलेज अफ फिजिसिएन्स, युकेसँग् मिलेर एमआरसिपी युके पेसेस परीक्षाको पूर्वअभ्यास आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको अनुभव साटेका थिए ।

उनले भने,“उक्तस्तरको प्रतिष्ठित परीक्षा जसले डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्यांकन मात्र गर्दैन । तर, यसले बिरामी सुरक्षाका मुद्दाहरु र सञ्चारलगायत सफ्ट स्किलहरु पनि हेर्दछ र एक डाक्टरलाई विशेषज्ञ बन्न सहयोग पुर्याउँछ ।

यस परीषा सञ्चालन गर्नु देशको लागि एक उपलब्धि हो । रोयल कलेज अफ फिजिसिएन्स जस्तो ५ शताब्दीभन्दा लामो इहिास बोकेको अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित संस्थाले नेपाल र नेपालको अस्पतालाई गरेको विश्वासलाई निकै ठूलो उपलब्धिको रुपमा हेरेको छु ।”

फेडेरेशन अफ द रोयल कलेजज अफ फिजिसिएन्स अफ द युनाइडेट किंगडमका प्रतिनिधिहरु डा. तञ्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. सत्यन राजभण्डारी, डा. फियोना क्लार्क र डा. ग्राहम करीकाअनुसार उक्त पूर्वअभ्यास सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको छ।

मेडिसिटी अस्पतालमा एमआरसिपी युकेको क्लिनिकल पाइलट परीक्षापछि निकटभविष्यमा एक समर्पित परीक्षा केन्द्र स्थापना गर्ने अनुमति प्रदान हुने निर्णय लगभग अन्तिम चरणमा पुगेको छ ।

यो नेपालका प्रशिक्षार्थी चिकित्सकहरुको आवश्यकत्ता मात्र नभई छिमेकी दक्षिण एशियाली देशका उम्मेदवारहरुलाई पनि फाइदा पुर्याउनेछ भन्ने अस्पतालको विश्वास छ ।

एमआरसिपी युके चिकित्सकहरुको लागि विश्वव्यापी रुपमा मान्यताप्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकहले आफ्ना बिरामीहरुलाई उत्कृष्ट योग्य चिकित्सकको रुपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हाँसिल गरेको प्रमाािण्त गर्छ।

हाल धेरै चिकित्सकहरुले यो परीक्षा लिन र एमआरसिपी युके योग्यता पूरा गर्नका लागि बेलायतको यात्रा गर्नुपर्नेछ। नेपालमा यस परीक्षाको लागि केन्द्र खोल्दा त्यस्ता सबै चिकित्सकहरुलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बन्नेछ।

बेलायतबाट आएको भ्रमण टोलीका सदस्यहरुले सफल पाइलट परीक्षाको व्यवस्था गरेकोमा स्थानीय आयोजकहरु र मेडिसिटी अस्पतालको प्रशासनलाई धन्यवाद दिँदै यसले एमआरसिपी युकेसँगको दीर्घकालिन साझेदारीको नेतृत्व गर्ने आशा गरेको जनाएका छन्।

नेपाल मेडिसिटीमा एमआरसिपी पेसेसको नेतृत्व गर्ने नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक डा. नीरज जोशीले यस परीक्षाको उच्च मापदण्डलाई ध्यानमा राख्दै पेसेस केन्द्रहरुले पेसेस केन्द्रको दर्जा दिनुअघि निश्चित् शैक्षिक मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।

नेपाल मेडिसिटीमा एमआरसिपी पेसेस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कबिना अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरु खुल्नेपनि उनको भनाई छ । उनले भने,“यसले हामीलाई लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।”

Logo