काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग डोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग डोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग


काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई आनी छोइङ्ग डोल्मा फाउन्डेसनले १ करोड ८० लाख सहयोग गरेको छ । अस्पताल भवन निर्माणका लागि फाउन्डेसनले उक्त सहयोग गरेको हो । 

यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकष्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । 

सेवा सुरु भएको चार महिनामा यसले वहिरङ्ग सेवा अन्तर्गत ८,३०० तथा अन्तरङ्ग सेवा अन्तर्गत १,८५० भन्दा वढी बालबालिकालाई पुर्याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् । 

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँ बाल अस्पतालको निर्माण कार्य शुरु भई जग निर्माणको कार्य जारी रहेको छ । 

अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरुका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिंग निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिंगको कार्य भैरहेको बताइएको छ । 

नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा वढि संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्य अस्पतालले राखेकाे छ । 

Logo