नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मती प्रदेशलाई अनुरोध

नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मती प्रदेशलाई अनुरोध

केन्द्रबिन्दु
0
Shares

नुवाकोट।

नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको बैठकले नुवाकोट तथा छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुन जरुरी रहेको ठहर गरेको छ ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न आवश्यक सहयोगका लागि गुण नेभर इन्टरनेशनल (जिनआई) र कोइकालाई समेत आग्रह गर्ने निर्णय भएको जानकारी दिए।

नगर प्रमुख पण्डितका अनुसार जिल्लामा दुई सय शैया क्षमताको आइसोलेशन वार्ड निर्माण गर्नुपर्ने हुँदा हाल त्रिशूली अस्पतालमा १० शैया थप गरी ३० शैया बनाइने, शैक्षिक विकास तालीम केन्द्र विदुरमा २५ शैयाको आइसोलेसन वार्ड तयार गरिने तथा खरानीटार अस्पतालमा दुई शैया थप गरी १० शैया बनाइने निर्णय पनि भएको छ ।रासस

Skip This
Skip This
Logo