स्वास्थ्य मन्त्रालयद्वारा उपत्यकाका सात अस्पतालको अनुगमन

स्वास्थ्य मन्त्रालयद्वारा उपत्यकाका सात अस्पतालको अनुगमन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ। सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो।

अनुगमन टोलीले,अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो। 

उपत्यकामा रहेका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहिद गंगालाल ह्दय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभावको साथै सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो। 

गंगालाल अस्पतालमा तथ्याङ्क राम्रो नभएको, चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने एकिन नभएको पाइएको थियो। 

यस्तै टेकु अस्पतालमा भने निर्देशकको अनुपस्थिति रहेको थियो। फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धि अस्पताल भएपनि आकस्मिक रुपमा महामारी फैलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो।अस्पतालका कर्मचारीहरुले निर्देशकले अस्पतालको सुधारमा चासो नदिने, समय नदिने लगायतका गुनासो गरेका थिए।

Logo