आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न सरकारले बनायो समिति

आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न सरकारले बनायो समिति

केन्द्रबिन्दु
0
Shares

सरकारले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो । वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्। 

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प गरिएको छ । बन्दका कारण ओपिडीलगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् ।

डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए । 

उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८ चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिइसकेका छन् । चिकित्सकविरुद्ध सांघातिक आक्रमण गर्नेलाई कारबाही नगरेको, बिरामी डाक्टरहरुको उपचारमा सरकारी पक्षले कुनै जिम्मेवारी नलिएको तथा चिकित्सकविरुद्ध प्रशासन मौन बसेको गुनासो उनीहरूले गरेका छन्।

त्यसो त चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले मृतकका श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिज अनुप प्रधानलाई पक्राउ गरिसकेको छ।

bigyapti-1694928543.jpg

Skip This
Skip This
Logo