बैठकबाट किन भाग्दै छन् ओलीदेखि सलह किराको बिगबिगीसम्म (भिडियोसहित)

बैठकबाट किन भाग्दै छन् ओलीदेखि सलह किराको बिगबिगीसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको बैठकबाट निरन्तर भाग्न थालेका छन् । शनिबार बालुबाटारमा बसेको तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपस्थित भएको केही समयमा नै ओली निस्किएका थिए । सरकारी काम परेकाले अध्यक्ष ओली बैठकमा केही समय उपस्थित भएर निस्किएको बताइएको छ । शुक्रबार बसेको पार्टीको बैठकमा पनि अध्यक्ष ओली अनुपस्थित थिए ।
त्यस्तै देशभर मनसुन भित्रिएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । मनसुन भित्रिएसँगै लगातारको वर्षापछि आउने बाढी पहिरोको जोखिम बढ्दै गएको हो । असार ९ गते गुल्मीमा पहिरोकै कारण ४२ घरका २ सय ८ जना विस्थापित भएका थिए ।

नेकपाको स्थायी कमिटी वैठकमा सहभागि नेताहरुले भाइरस रिमूभर कार्ड लगाएपछि यसले चर्चा चलेको छ । अहिले सामाजिक सञ्जालदेखि नेपाली मिडियामा कोरोना जन्तरको नामबाट यो कार्डको चर्चा चलिरहेको हो । नेकपाले यस कार्डलाई भ्याटसहित ६ सय २५ रुपैयाँमा खरिद गरेर सांसदहरुलाई वितरण गरेको दाबी गरिएको छ ।

त्यस्तैगरी नेपालभित्र प्रयोगमा आउने एप्स तथा समाजिक सञ्जाल नियमनकर्ता निकायले अनुमति दिएपछि मात्रै डाउनलोड तथा प्रयोग गर्ने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सुरक्षा गोपनियता र उपयोगिताको हिसाबले उपयुक्त रहेको पुष्टि भएपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

विनाशकारी सलह किरा नेपालमा पनि भित्रिएको छ । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीका केही स्थानमा सलह किरा देखिएको हो । यसअघि नेपाली विज्ञहरुले नेपालमा सलह किरा नआउने दाबी गरेका थिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo