चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदमुक्त गर्न माग गरेका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै पदमुक्त गर्न माग गरेका हुन् । शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसी गिरोहले सञ्चालन गरिरहेको आशयको धारणा राखेका थिए । त्यसपछि उनको यो अभिव्यक्ति आएको हो ।
‘देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’ विज्ञप्तिमा उल्लेख छ ।
मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानूनी र खेदपूर्ण कार्य भएकाे पनि उनले बताएका छन् । स्वास्थ्यमन्त्रीले गैरलोकतान्त्रिक क्रियाकलाप गरे प्रधानमन्त्री प्रचण्ड जवाफदेही हुनुपर्ने उनकाे भनाई छ ।





























प्रतिक्रिया