मोरङको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सरकारबाट सम्मानित भएको छ ।
छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९/८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल नोबेल मेडिकल कलेजलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट नोबेल मेडिकल कलेजका तर्फबाट नारायणप्रसाद दाहालले सम्मानपत्र ग्रहण गरेका थिए ।

मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माको नेतृत्वमा रहेको नोबेल मेडिकल कलेजले नागरिकलाई सहुलियतमा सेवा दिइरहेको छ ।





























प्रतिक्रिया