रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

रसुवामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर


रसुवामा काठमाडौँ मेडिकल कलेजकाे निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अन्तर्गत रसुवाको गौकुण्ड गाउँपालिका वडा नं. ३ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

निःशुल्क स्वास्थ्य शिविरमा ७५३ जनाको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए।वाईपेन युएन प्रोजेक्ट नेपालसँगको सहकार्यमा गरिएको शिविरमा १०१ जनाको इसिजी, १२७ जनाको भिडियो एक्सरे १२२ जनाको ल्याब परीक्षण गरिएको छ। साथै, शिविरमा आएका १३ जनाको दाँत खोलिएको र ४४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ।

नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, बाल रोग सम्बन्धी केएमसीका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन्।  नेपाली काँग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माको केएमसीले ३ वर्षदेखि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेकाे छ।

स्वास्थ्य सेवा आम नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने सांसद शर्माको भावना अनुरुप नियमितरुपमा निःशुल्क स्वास्थ्य शिविर गरेको केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन्।

Logo