केएमसीले महावीर पुनकी छोरीलाई पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाउने

केएमसीले महावीर पुनकी छोरीलाई पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं मेडिकल कलेज (केएमसी)ले वैज्ञानिक महावीर पुनकी छोरी झरना पुनलाई पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । 

केएमसीका चिफ डा. रतिन्द्रनाथ श्रेष्ठले चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै झरनालाई पूर्ण छात्रवृत्तिमा पढाउन कोटा व्यवस्थापन गर्न माग गरेका हुन् । आफ्नै खर्चमा पढ्न नसक्ने देखिएकाले आफूहरूले छात्रवृत्तिमा पढाउने निर्णय गरेको र त्यसका लागि आयोगले कोटा व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । 

झरनाले आयोगले लिएको प्रवेशिका परीक्षा पास गरेकी छिन् । तर, उनको नाम छात्रवृत्तिमा भने आएन । त्यसपछि नेपाली कांग्रेसका सांसद एवं केएमसीका पूर्वअध्यक्ष डा. सुनिल कुमार शर्माको सकृयतामा झरनालाई पूर्ण छात्रवृत्तिकाे व्यवस्था गर्न लागिएकाे हाे । 

'स्वदैशमै सम्भावनाको आशा विलाउँदै गरेको परिस्थितिमा दैनिक हजारौं युवाहरु विदेशिदै गएको अवस्थामा स्वदेशमै बसी विज्ञानका समयसापेक्ष र स्वदेशी आविस्कारलाई जोड दिँदै जनजातीमूलका कर्मशिल उहाँ (महावीर पुन)को सम्मानमा काठमाडौं मेडिकल कलेज तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका पूर्व अध्यक्ष माननीय डा. सुनिल कुमार शर्माज्यूको सकृयता र विशेष आग्रहमा यस मेडिकल कलेज (नोवेल मेडिकल कलेजको सहयोग सहित) उहाँको छोरीलाई काठमाडौं मेडिकल कलेज वा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमध्ये कुनै एक कलेजमा व्यवस्थापन कोटाअन्तर्गत छात्राबाससहित अध्ययनमा पूर्ण छात्रबृत्ती दिने निर्णय गरिएको जानकारी गराउँदै तहाँबाट भर्नाका लागि आवश्यक अनुकुलता प्रदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।' पत्रमा उल्लेख छ । 

Skip This
Skip This
Logo