काभ्रेकाे रोशीमा केएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ७७२ बिरामीले लिए सेवा

काभ्रेकाे रोशीमा केएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ७७२ बिरामीले लिए सेवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ मेडिकल कलेज (केएमसी)ले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । 

ग्रीस नेपाल र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको भवनमा स्वास्थ्य शिविर सञ्चालन गरिएकाे हाे । शिविरबाट ७७२ बिरामीले सेवा लिएका छन् । जसमा १६२ जनाले यूएसजी, १३७ जनाले ल्याब तथा ८३ जनाले ईसीजी गरेका थिए । साथै २८ जनाको दाँत खोलिएको थियो भने ३९ जनालाई ओटी रेफर गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए । 

यसअघि केएमसीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियाे । शिविरमा ६११ बिरामीले लाभ लिएका थिए । 

नेपाली कांग्रेसका नेता एवं सांसद डा‍. सुनिल शर्मा नेतृत्वको केएमसीले नागरिकलाई सहुलियतमा सेवा दिइरहेको छ । केएमसी हालै सामाजिक सुरक्षा कोषमा उत्कृष्ट हुँदै सरकारबाट सम्मानित भएको थियाे । 

Logo