आजदेखि आमरण अनसन सुरु गर्ने डा. गोविन्द केसीको घोषणा

आजदेखि आमरण अनसन सुरु गर्ने डा. गोविन्द केसीको घोषणा

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. केसीले बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको घोषणा गरेका हुन् ।  

डा. केसीले विभिन्न माग अघि सारेका छन् । नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा नेताहरु भएका सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुलाई डुबाएर आफैं ती क्षेत्रमा व्यवसाय गर्नमा लिप्त भएको भन्दै यसको कारणले आम नागरिकहरुको जीवन दिनप्रतिदिन कठिन बन्दै गइरहेको पनि उनले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउन उनको माग छ । 

यसअघि आफूहरुसित भएका सम्झौताहरु कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् । 

यस्तै, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन माग गरिएको छ ।

डा. केसीले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअघि भएका सम्झौताबमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्नुपर्ने माग पनि राखेका छन् ।

यसैगरी, सय शैयाभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रमहरु शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्ने माग पनि उल्लेख गरिएको छ ।

यस्तै, ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै यसअघि सम्झौता भएबमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने, सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागिकानुनी व्यवस्था गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन् ।

Logo