नोबेल शिक्षण अस्पतालमा नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारकाे उपचारमा विशेष छुट

नोबेल शिक्षण अस्पतालमा नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारकाे उपचारमा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र काठमाडौँ महानगरपालिका भृकुटीमण्डपस्थित नेपाल प्रहरी श्रीमती संघबीच एक विशेष सम्झौता भएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा विशेष सहुलियतका लागि सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल) तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्यहरु (आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) उपचारको क्रममा आउँदा अस्पताल सेवामा २५ प्रतिशत छुट उपलब्ध हुने छ । 

यो सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवाहरुमा उपलब्ध हुनेछ । यो सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनुपर्ने छ । याे सेवा सुविधाहरु पुस १ गते आइतबारदेखि लागू भएको छ । यो सम्झौता एक वर्षसम्म लागू हुने उल्लेख छ । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला, नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्राडा राजेश नेपाल र कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा.सरोजकुमार सिंह, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Logo