सांसद डा. शर्माद्वारा लुम्बिनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद डा. शर्माद्वारा लुम्बिनीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
0
Shares

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले लुम्बिनी प्रदेशको कपिलवस्तुमा सञ्चालन गरेको शिविरमा बिरामीको भीड लागेको छ।

शर्मा आफैंले नेतृत्व गरेर लगेको स्वास्थ्य शिविरमा काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ डाक्टरसहित २५ जनाको टोली रहेको शिविरमा शुक्रबार १५४७ जनाको स्वास्थ्य जाँच गरिएकाे हाे। उक्त शिविर कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नं. २ मा आयोजना गरिएकाे थियाे।

सांसद डा. शर्माले अपरेशन रेफर भएकाहरुलाई काठमाडौँ मेडिकल कलेजमा शतप्रतिशत निःशुल्क उपचारको ब्यवस्था गरिदिएका छन्। शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति रोगकाे चेकजाच गरिन्छ।

सांसद शर्माले जस्तो संवेदनशील विषयमा राज्यले बेवास्था गरिरहेको बताउँदै दुरदराजमा रहेका जनतालाई घरदैलोमै सेवा गर्न निःशुल्क स्वास्थ्य शिविर चलाइएको बताए। डा. शर्माले सम्हालेपछि केएमसीले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै भन्दा धेरैलाई निःशुल्क सेवा दिँदै आएको छ। 

Logo