विर अस्पतालमा इडियुरोम सेवा थप विस्तार

विर अस्पतालमा इडियुरोम सेवा थप विस्तार

केन्द्रबिन्दु
0
Shares

विर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध इडियुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ । अब इडियुरोममा आबद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु विर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापित हुने भएको हाे । 

विश्वविद्यालय, वैज्ञानिक अनुसन्धानसम्बन्धि संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरुबीच एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा पुग्दा आफ्नै शैक्षिक संस्थाको युजरनेम र पासवर्डवाट इन्टरनेटको पहुँच स्थापित हुने एडुरोम सेवा हाल १०० वटा देशहरुका विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरुमा सञ्चालमा आइसकेको छ ।

यस सेवालाई नेपालमा विस्तार र प्रवर्दन गर्ने काम नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) नामक संस्थाले निःशुल्क रुपमा गर्दै आएको छ । साथै यस संस्था नेपालका विश्वविद्यालय तथा वैज्ञानिक अनुसन्धानमा संलग्न संस्थाहरुलाई एक आपसमा जोडेर वैज्ञानिक अनुसन्धान तथा सहकार्यको वातावरण वनाउन प्रयासरत रहेको छ ।

हाल यस संस्थाले उपलव्ध गराएको अनुसन्धान तथा शैक्षिक सञ्जालमा नेपालका आठ वटा विश्वविद्यालयसहित ३० वटा शैक्षिक तथा अनुसन्धानमा संलग्न संस्थाहरु जोडिसकेका छन् । 

Logo