कर्णाली प्रदेश : दैलेखमा एकै दिन १०५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेश : दैलेखमा एकै दिन १०५ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कर्णाली प्रदेशमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १०६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

थपिएका मध्ये दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिला छन् । देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ सहित १०५ जना संक्रमित दैलेखका छन् ।

त्यस्तै मुगुको खत्याडका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् यसको जानकारी दिएका हुन् । यो सहित अब कर्णालीमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Logo