आजै मात्र ७२ जना थपिए, कूल संख्या ६७५ पुग्यो

आजै मात्र ७२ जना थपिए, कूल संख्या ६७५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । आज मात्र ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएका नयाँ संक्रमितहरु मध्ये, धनुषामा ३ जना, कपिलवस्तुमा ३, काठमाडौंमा ३ जना, बारामा २३ जना, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १ , बाँकेमा ४ जना, दैलेखमा ७ जना रहेका छन् ।

निको भएकाहरुको संख्या ८७ र मृत्यु हुनेहरु ३ जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 

Logo