नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो, १६ जना निको भए

नेपालमा कोरोना संक्रमित संख्या ५४ पुग्यो, १६ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । पछिल्लो पटक रौतहटका २ पुरुषमा कोरोना भएको हो । रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालिकाका संक्रमित ती २ व्यक्तिलाईै उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।

यी २ जनामा देखिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् भने अरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Logo