काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ । आज ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४१४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९३७ पुगेको छ।
नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार १५४ जनाको परीक्षण गरिएको छ ।
काठमाडौं उपत्यकामा आज २४६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९९ हजार ३३९, भक्तपुरमा ९ हजार ८२ र ललितपुरका १५ हजार ६८२ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २४ हजार १२० जना पुगेको छ ।
प्रतिक्रिया