स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोडमा सम्झौता

स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोडमा सम्झौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले ओम्नि विजनेश कर्पोरेसन इन्टरनेशनले ल्याएको स्वास्थ्य सामग्रीमा भष्ट्राचार भएको भन्दै विवाद भएपछि गत चैत १६ गते नेपाली सेनालाई खरिद गर्ने जिम्मा दिएको थियो । उक्त जिम्मा पाए पछि नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि मङगलबार २ अर्ब २५ करोडको सम्झौता गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) उपचारको लागि प्राप्त स्वास्थ्य सामग्री नभएकोले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क लगायत ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याइने भएको छ । १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको स्वास्थ्य सामग्री ल्याउने गरि सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

उनका अनुसार सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि विक्रीका लागि प्रस्ताव राखेको थियो । तर चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याइने गरि तयारी गरिएको छ । दुबै देशबाट स्वास्थ्य सामग्री र औषधि हवाई र स्थलमार्गबाट ल्याइने भएको छ।

Logo