काठमाडौं उपत्यकामा आज २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज २५९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९९ हजार १५०, भक्तपुरमा ९ हजार ६३ र ललितपुरका १५ हजार ६४४ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २३ हजार ८७४ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ जना पुगेको छ । आज ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३९० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९३२ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ३ सय जनाको परीक्षण गरिएको छ ।

Logo