स्वास्थ्य उपकरण खरिद प्रकरणमा छानबिन गर्छु : प्रधानमन्त्री

स्वास्थ्य उपकरण खरिद प्रकरणमा छानबिन गर्छु : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रकरणका विषयमा आफूलाई धेरै जानकारी नै नभएको बताएका छन्। पार्टी सचिवालय बैठकमा खरिद प्रकरणमा भएको आर्थिक अनियमितताका विषयमा नेताहरूले प्रश्न उठाएपछि प्रष्टिकरण दिने क्रममा ओलीले ओम्नीसँग भएको विवादास्पद खरिद सम्झौता बारेमा आफूलाई थाहै नभएको बताएका हुन्।

उनले यस विषयमा आफू पनि वास्तविकता बुझ्ने क्रममै रहेको र यो विषयमा छानबिन गरिने बताए।

‘खरिद प्रकरण सम्बन्धमा ओम्नीसँग के कसरी सम्झौता भयो ? त्यसभित्र के के भएको थियो भन्ने विषयमा म आफैं लाई पनि जानकारी प्राप्त भएको थिएन’, प्रधानमन्त्री ओलीको प्रष्टोक्ति उदृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘म आफैं यो विषयमा अनुसन्धान गरेर छानबिन गर्ने प्रक्रियामा छु।’

विवादास्पद कम्पनी ओम्नीलाई औषधि खरिदको जिम्मा दिने निर्णय, महँगो मूल्य र विश्वसनियतामा समेत आशंका हुन थालेपछि प्रधानमन्त्री ओलीले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय लिएका थिए । यो विषयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमा समेत प्रश्न उठाएका थिए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीकै सचिवालयका सल्लाहकारदेखि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्मका नेता खरिद प्रकरणमा जोडिएका थिए ।

मंगलबारको सचिवालय बैठकमा नेताहरुले खरिद प्रकरणमा भएको अनियमितिाका बारेमा जवाफ माग गरेपछि प्रधानमन्त्रीले भनेका थिए, ‘म आफैं भष्टाचार हुन दिन्न र गर्नेलाई पनि छोडदिन भनिरहेको छु, यस प्रकरणमा मलाई जानकारी नै नदिई काम भयो, यस बारेमा के कसो भएको हो म अनुसन्धान गर्दैछु।’

खरिद सम्झौता रद्द पछि सरकारले सेनालाई औषधि तथा उपकरण खरिदको जिम्मा दिएको विषयमा पनि नेताहरूले प्रश्न उठाएका थिए । नेताहरूले नागरिक प्रशासनलाई कमजोर बनाउने गरी सेनालाई खरिदको जिम्मा दिएको भन्दै बैठकमा प्रश्न उठाएपछि ओलीले यस विषयमा आफूले धेरै सोचविचार गरी निर्णय लिएको बताएको सहभागी एक नेताले जानकारी दिए।
अन्नपूर्णबाट

Logo