काठमाडौं उपत्यकामा आज २०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज २०७ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज २०७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९८ हजार ४४७, भक्तपुरमा ९ हजार १२ र ललितपुरका १५ हजार ५०५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २२ हजार ९८१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ जना पुगेको छ । आज ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५८५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०९ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार २६९ सय जनाको परीक्षण गरिएको छ ।

Logo