स्वास्थ्य विमा गराउने नागरिक साढे २२ लाख मात्र

स्वास्थ्य विमा गराउने नागरिक साढे २२ लाख मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

हरेक मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जम्मा २२ लाख ४० हजार चार सय २४ जना नेपाली सहभागी भएका छन् । यो कुल जनसंख्याको साढे सात प्रतिशत मात्र हो।

सरकारले स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रमलाई निकै प्रभावकारी रुपमा लागू गर्ने जनाएपनि सोचे अनुरुप यसमा नागरिकलाई सामेल गराउन सकिएको छैन । जन–चेतनाको अभाव, सहज रुपमा बिमाको पहुँच नहुनु लगायत कारण ले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढन नसकेको हो । कार्यक्रमले अपेक्षित संख्यामा नागरिकले स्वास्थ्य बिमा नगराएको बिमा विज्ञहरु बताउँछन्।

करिब तीनवर्ष अघि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ४९ जिल्लामा पुगेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । ‘बिमा गरेपछि सर्वसाधारणले उपचार गर्दा लाग्ने खर्च बेहोरिने भएपनि जन–चेतनाको अभावमा स्वास्थ्य बिमा कार्यक्रमले लक्ष्य अनुसार गति लिन सकेको हो । नेपाल सरकारले चालु आवभित्र मुलुकका ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।

Logo