‘सोच बदलौँ, खुसी आफैँ मिल्छ’

‘सोच बदलौँ, खुसी आफैँ मिल्छ’

केन्द्रबिन्दु
84
Shares

बलेवा (बागलुङ) । कोरोना महामारीका समयमा योग र ध्यानले अलि बढी चर्चा पायो । बिरामीमा आयुर्वेदिक पद्धति अपनाउने र योग ध्यान गर्ने बानी बढ्न थाल्यो । पछिल्लो समय योग, ध्यान र खेलकुदका गतिविधि बढ्न थाल्नाका साथै मानसिक स्वास्थ्यमा सुधार आएको जानकारहरू बताउँछन् ।

दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने योगविद्हरुको भनाइ छ । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आठौँ दिन योग तथा खेल सम्मेलनमा विज्ञहरूले नेपाल योगको भूमि भएको बताए । उनीहरूले योगले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउनेमा जोड दिए ।

सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समृद्ध देशको लागि पहिले सर्वसाधारणको आर्थिक र मानसिक स्वास्थ्य समृद्ध हुनुपर्ने बताइन् । समृद्धिका कुरा गर्नुपूर्व स्वास्थ्यमा समृद्धिको खोजी अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । “हामी समृद्धिको कुरा गर्दछौं”, उपसभामुख रानामगरले भनिन्, “जबसम्म जनता आर्थिक र मानसिकरूपमा स्वस्थ र समृद्ध हुँदैनन् तबसम्म देश पनि समृद्ध हुँदैन । योग, ध्यान र खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य सवल बनाउन सहयोग गर्छ ।”

योग–ध्यान आरोग्य सञ्जाल नेपालका अध्यक्ष डा सुवास घिमिरेले योग गर्नाले व्यक्ति आफैँ स्वस्थ हुने बताए । उनले भने, “सोच बदल्नुहोस् खुसी आफैँ मिल्छ, स्वभाव बदल्नुहोस् इज्जल आफैँ मिल्छ । योग गर्नुहोस् स्वास्थ्य आफैँ मिल्छ । सही बाटो समात्नुहोस् बाटो आफैँ मिल्छ ।” सम्मेलनमा योग तथा तेक्वान्दो, उसु, करातेका खेलाडीले आ–आफना खेलको नमूना प्रस्तुत गरेका थिए ।

Logo