काठमाडाैँ। चाँगुनारायण नगरपालिका-८ सुडालमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट सात सयभन्दा धेरैले उपचार र स्वास्थ्य परामर्श सेवा लिएका छन्।
भक्तपुर विकास सहयोग संघको सहयोगमा थाकलमठस्थित सरस्वती माविमा भएको निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा ७ सय ३२ जना लाभान्वित भएका हुन्। मातृका आई फाउन्डेसनको सहयोगमा डा.कृष्ण कुमार धनकोटीको टिमले आँखाको परीक्षण र उपचार सेवा प्रदान गरेका थिए।
आँखा शिविरबाट ३५६ जनाले सेवा लिए। त्यसमध्ये १६ जनाको मोतियाविन्दुको समस्या देखिएको छ। उनीहरुको निःशुल्क अपरेसन गरिदिने तयारी रहेको संघका अध्यक्ष राजु मृगेन्द्र जोशीले बताए।
यस्तै, डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गरेका थिए। दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिए। शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिकदेखि २ वर्षका साना बाबुनानीहरूले समेत सेवा लिएको अध्यक्ष जोशीले बताए।































प्रतिक्रिया