सांसद डा. सुनिल शर्माको पहलमा रोल्पामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद डा. सुनिल शर्माको पहलमा रोल्पामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
6
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले रोल्पामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फागुन २० र २१ गते रोल्पाको जिल्ला अस्पतालमा आयोजित स्वास्थ्य शिविरमा २ हजार ७ सय ९५ जना बिरामीले सेवा लिएका छन् ।

शिविरमा १५३ जनाको इसिजी, २१७ जनाको ल्याब परीक्षण, २७८ जनाको भिडियो एक्सरे, ८७ जनाको इको तथा ६६ जनाको दाँत खोलिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ७ जनाको प्लास्टर समेत गरिएको छ । शिविरमा आएकामध्ये २९४ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको र उनीहरुलाई सांसद शर्माको पहलमा निःशुल्क उपचारको व्यवस्था पनि मिलाइएकाे छ ।

शुशिल कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएकाे कार्यक्रमकाे रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्तीले सभापतित्व गरेका थिए । कार्यक्रम उद्घाटन भने पूर्वमन्त्री तथा शुशिल कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनले गरेका थिए । कार्यक्रममा केएमसीका प्रबन्धक दाहालसहित रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, कांग्रेस लुम्विनी प्रदेश प्रमुख सचेतक निमा गिरी, डिएसपी श्याम कुमार सारु मगर, रोल्पा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन लोकरत्न ज्ञवाली, जिल्ला अस्पताल अध्यक्ष शेर बहादुर थापालगायतले मन्तव्य राखेका थिए ।

सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । यसअघि अर्घाखाँची, पाल्पामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

Skip This
Skip This
Logo