चीनले नेपाललाई तीन लाख मात्रा कोरोना खोप उपलब्ध गराउने

चीनले नेपाललाई तीन लाख मात्रा कोरोना खोप उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुरुप चीनमा उत्पादित उक्त खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

Logo