सांसद डा. सुनिल शर्मा केएमसीकाे स्वास्थ्य टोली लिएर पूर्वी रुकुमसहित छ जिल्लामा जाँदै

सांसद डा. सुनिल शर्मा केएमसीकाे स्वास्थ्य टोली लिएर पूर्वी रुकुमसहित छ जिल्लामा जाँदै

केन्द्रबिन्दु
840
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माकाे पहलमा पूर्वी रुकुमसहित छ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोली लिएर सांसद शर्माले दुर्गम गाउँका जनता उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले पूर्वी रुकुमसहित छ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएका हुन् ।

यहि चैत्र २३ गते पूर्वी रुकुमको रुकुमकोटमा, २४ गते बाग्लुङको बडिगाउँमा, २५ गते बाग्लुङको कुस्मीसेरामा, २६ गते म्याग्दी मंगला गाउँपालिकाको बाबियाचौरमा, २७ गते पर्वतकाे विहादीमा, २८ गते स्याङ्जाको पुतलीबजारमा र २९ गते तनहुँको भिमातमा शिविर सञ्चालन हुने छ ।

शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्री रोग, हाड जोर्नी तथा नसा, बाल रोग, शल्यक्रिया सर्जरी, छाला रोग, आँखा परिक्षण तथा उपचार र दन्त सेवाका साथै चिकित्सकको सिफारिसमा इसीजी सेवा, भिडियो एक्सरे सेवा र ल्याव टेष्ट तथा औषधि विवरण समेत गरिने केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उक्त शिविरमा सम्भव नभएका शल्यक्रियाका लागि काठमाडौंको केएमसीमा रेफर गरी निःशुल्क गरिने व्यवस्था पनि मिलाइएको छ ।

सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् भन्ने हेतुले यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसअघि काठमाडौँसहित राजधानीबाहिर अर्घाखाँची, पाल्पामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । साथै सुदूरपश्चिमका अधिकांश जिल्लामा पनि स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

Logo