ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने

ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने

केन्द्रबिन्दु
56
Shares

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘संवाद श्रृङ्खला-१’ सञ्चालन गर्ने भएको छ । अस्पतालले चैत ३० गते बिहान साढे १० बजेदेखि धुम्बाराहीको होटल अकामामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको वारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष सहित सुझाव निकाल्ने उद्देश्य सहित सम्वन्धित क्षेत्रका विज्ञ,सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो । संवादका विषयहरु निम्न अनुसार छन ।

१. पहिलो सत्रः “भेप/ई–सिगरेटः बढ्दो गंभीर स्वास्थ्य चुनौती”
२. दोस्रो सत्रः “स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु”
३. तेस्रो सत्रः पहिलो २ सत्रको सारंश तथा माननीय उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट प्रमुख मन्तव्य ।

यस संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने छ । प्रत्येक वर्ष यस्ता संवाद कार्यक्रम नियमित रुपमा संचालन गर्न कटिबद्ध रहेको अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पताल एक विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल हो । सन् १९९७ मा स्थापित यस अस्पतालले विगत ५ वर्षदेखि धुम्वाराहीमा अस्पताल संचालन सम्वन्धी अन्तराष्ट्रिय मापदण्ड पूरा गरी भुकम्प प्रतिरोधात्मक, आगजनी लगायत अन्य दुर्घटना सुरक्षाको दृष्टिकोणले निर्माण गरिएको अत्याधुनिक हेलिप्याड सहितको भवनबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा विश्वस्तरीय सेवा प्रदान गरिरहेको छ ।

सुरक्षित तथा प्रमाणमा आधारित चिकित्सकिय सेवा प्रदान गर्दै स्वास्थोपचारमा उच्च नैतिक स्तर कायम राख्नु यस अस्पतालको लक्ष्य रहेकाे जनाइएकाे छ ।

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट प्रदान गर्नुका साथै ह्याम्स अस्पतालमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको उच्च शिक्षाको पठनपाठन भइरहेको छ । क्रिटिकल केयर नर्सिङ्गको तालिम नियमित रुपमा भइरहेको छ । यसका साथै चिकित्सा विज्ञान सम्वन्धी विभिन्न विषयहरुमा अनुसन्धान तथा शोध–पत्र प्रकाशित भएका छन् ।

Logo