सांसद डा. सुनिल शर्माले निर्माणाधीन बाल अस्पताललाई गरे २० लाख सहयोग [भिडियाे]

सांसद डा. सुनिल शर्माले निर्माणाधीन बाल अस्पताललाई गरे २० लाख सहयोग [भिडियाे]

केन्द्रबिन्दु
210
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई रु २० लाख सहयोग गरेका छन् । उनले आज हेपाली हाइटमा निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर कोइरालालाई सो सहयोग गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै डा. शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैं गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सहयोग गरेको बताए । सरकारले बाल अस्पताललाई उपेक्षा गरेकाे पनि उनले गुनासाे गरे । ‘नेपालका अस्पतालमा बालबालिकाको उपचारका लागि २५ सय मात्रै बेड उपलब्ध छन् । झन् सरकारी स्तरमा त ४७५ मात्रै रहेको तथ्यांक छ । डब्ल्यूएचओको नीतिअनुसार नेपाल धेरै पछाडी छ । त्यसकारण डा. कोइरालाले गरेको यो काम साह्रै सराहनीय छ ।’ उनले भने ।

डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।

Logo