बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक तथा कर्मचारीलाई सचेत गराएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर त्यसरी काम गर्नु कानूनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ।

‘मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालिन रूपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने हुँदा यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानून सम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

Skip This
Skip This
Logo