सांसद डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीद्वारा हुम्लामा १७०० विरामीको उपचार

सांसद डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीद्वारा हुम्लामा १७०० विरामीको उपचार

केन्द्रबिन्दु
42
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आउने क्रममा हुम्लाको सार्केगाड गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा मिति २०८१ बैशाख १७ गते सम्पन्न शिविरमा १७०० बढी विरामीको स्वास्थ्य परीक्षण र उपचार भएको हो ।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले शिविरमा आउने विरामीहरुको स्वास्थ्य परीक्षणको क्रममा १४७ जना विरामीलाई शल्यक्रिया सहितको थप उपचारको लागि रिफर गरिएको छ । रिफर गरिएको विरामीहरुको काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया सहित उपचार सेवा निःशुल्क गरिने सांसद डा. शर्माले बताए ।

Logo