बाल बिकास कार्यक्रमको सहयोगमा धादिङकाे थाक्रेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाल बिकास कार्यक्रमको सहयोगमा धादिङकाे थाक्रेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

केन्द्रबिन्दु
280
Shares

बाल बिकास कार्यक्रम नेपालको आर्थिक सहयोग धादिङ जिल्ला थाक्रे गाउँपालिका -६ महादेववेसीमा रहेको जनजागृति विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

पुरानो बानेश्वरमा रहेकाे फ्रन्टलाइन हस्पिटलकाे प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नशा सम्बन्धी उपचार, दन्त परीक्षण, आँखा परीक्षण, नाक, कान, घाँटी जस्ता विभिन्न रोगहरूको परीक्षण गरिएको थियो । बिहान १० बजे बाट ४ बजे सम्म संचालन भएको उक्त शिविरमा ६८० जना व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए ।

स्वास्थ्य शिविरमा बढि मात्रामा स्त्री रोग, नाक, कान, घाँटी, नशा तथा आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

स्त्री रोगसम्बन्धी समस्या भएकाहरूलाई भिडिया एक्स-रे सहित चेक जाँच गरिएको थियो भने चेक जाँचपछि आवश्यक परेका सबै बिरामीहरूका लागि निःशुल्क औषधी समेत संस्थाद्वारा उपलब्ध गराइएको थियो । यसरी १ दिने स्वास्थ्य शिविरमा बिरामीहरूको उल्लेख्य उपस्थिती देखेर फ्रन्टलाइन हस्पिटलको सम्पूर्ण टाेलीहरूले उत्साहपूर्वक सेवा दिनुका साथै सेवा दिन पाएकोमा डाक्टरहरूले खुसी भएका थिए ।

उक्त क्षेत्रमा बाल बिकास कार्यक्रम नेपालले विगत लामो समय देखि आफ्नो कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

Logo