नोवेलमा मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस

नोवेलमा मनाइयो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस

केन्द्रबिन्दु
56
Shares

विराटनगर । प्रत्येक वर्ष मे १२ का दिन विश्वभर नै मनाईने अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सबै तहका विद्यार्थीका लागि एक विशेष दिनको रुपमा रहँदै आएको छ।

यस बर्ष मे १२ अर्थात २०८१ बैशाख ३० गते अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एक कार्यक्रम गरी भव्यताकासाथ मनाएको छ।

नोवेलको सभाहलमा आयोजित कार्यक्रममा नर्सिङ्ग फ्याकल्टीहरु, नर्सिङ्ग इन्चार्जहरु, नर्सिङ्गका सवै कार्यक्रम तथा वर्षका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

पानसमा दियो बालेर सुरु गरिएको कार्यक्रममा प्राचार्य प्रा. डा. रामहरी घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, नायव अस्पताल निर्देशक डा. मुक्ति आचार्य, महाप्रवन्धक दिपेश राई, नर्सिङ्ग निर्देशक (शैक्षिक कार्यक्रम) रामेश्वरी सिंह, नर्सिङ्ग निर्देशक (क्लिनिकल सर्भिस) प्रतिक्षा त्रिपाठी, प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा. डा. सिता पोखरेलले आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए। विद्यार्थीहरुलाई नर्सिङ्ग फ्याकल्टीद्वारा द्वीप प्रज्वलन तथा सफत ग्रहण गराईएको थियो।

विद्यार्थीले संचालन गरेको उक्त कार्यक्रममा साँगितिक प्रस्तुतीपनि गरेका थिए।

Logo