काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नाक र अनुहारको प्लाष्टिक सर्जरी सेवा सुरू भएको छ।
केएमसीमा अनुभवी डाक्टरहरुले नाक र अनुहारको प्लाष्टिक सर्जरी सेवा दिन सुरू गरेको अस्पतालले जनाएको छ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. नयनबहादुर महतोले नाक र अनुहारको प्लाष्टिक सर्जरी सेवा दिइरहेको र उनी फेलोशिप इन राइनोप्लास्टी तथा फेसियस प्लाष्टिक सर्जरीमा बेलायतबाट अध्ययन गरेर विगत ६ वर्षदेखि काम गरिरहेको अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले बताए।
उनले नाक र अनुहारका विभिन्न दश सेवा दिइरहेको (नाकको आकार मिलाउने सर्जरी), अपर ब्लेफारोप्लाष्टि (आँखाको ढकनी झुलेको मिलाउने, लोअर ब्लेफारोप्लाष्टि (अन्डरआइ ब्याग हटाउने सर्जरी), मंगोलियन आँखामा मुन्द्री बनाउने, ठाडो कानको आकार मिलाउने, गालामा डिम्पल बनाउने सर्जरी, अनुहारको चाउरीपन हटाउने सर्जरी, चिउँडो बढाउने वा घटाउने सर्जरी, ओँठको शल्यक्रिया, काटेको दाग घटाउने शल्यक्रिया सेवा दिइरहेको महाप्रबन्धक दाहालले बताएका छन् ।
कांग्रेसका सांसदसमेत रहेका डा. सुनीलकुमार शर्माको केएमसीको स्वास्थ्य टोलीले निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजनासमेत गर्दै आएको छ।





























प्रतिक्रिया